प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चैत्र २०७८
स्याङ्जा: सवारी दुर्घटना
२०७८-१२-२८

जिल्ला स्याङ्जा पुतलिबजार नगरपालिका ११ मायाँटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ७३४१ नं. जिप अनियन्त्रित भई सडकको कुनामा ठोक्किन जाँदा जिपमा सवार ८ जना मध्ये ३ जना घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र वालिङमा ल्याईएको, जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्न घाईतेहरु:-१.जिल्ला स्याङजा चापाकोट न.पा.८ रत्नपुर बस्ने वर्ष ५५ का बिक्रम श्रेष्ठ, अवस्था मध्यम थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको ।२.ऐ.बस्ने निजकै श्रीमती वर्ष ६० की हस्त कुमारी श्रेष्ठ प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।३.ऐ.९ सुन्तलिटार बस्ने वर्ष ४८ की सुनमाँया कुमाल प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।

नवलपरासी: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-२१

जिल्ला (पूर्व) कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ON-TEST स्कुटरमा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिलाई चेकजाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा सेतो कपडाको झोला भित्र नुर्फिन– १११ एम्पुल, फेनरागन– १११ एम्पुल र डाईजोपाम– १११ एम्पुल गरि जम्मा ३३३ एम्पुल लागूऔषध फेला पारी बरामद गरी निजहरुलाई स्कुटर सहित आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको ।निम्नः-१.स्कुटर चालक जिल्ला लम्जुङ सुन्दर बजार नगरपालिका-९ बस्ने बर्ष ३१ को सुदर्शन गुरुङ ।२.स्कुटर पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३३ को रजिन गुरुङ ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-१६

जिल्ला कास्की पोखरा महानगरपालिका-१० रामबजार स्थितमा अबैध रुपमा लागु औषध ओसार-पोसार गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १० रामबजार बस्ने वर्ष २७ को कुमार गुरुङलाई रामबजारको उत्तमचोक भित्रको मार्गमा हिड्दै आऊदै गरेको शंकास्पद अवस्थामा भेटि निजले बोकेको पहेलो फाईबरको झोला भित्र लुकाई छिपाई राखेको फेनारागन -११ ऐम्पुल,बुफ्रिन-९ ऐम्पुल र डाईजेपाम-९ ऐम्पुल गरि जम्मा २९ ऐम्पुल लागुऔषध र KIVI KB77 कम्पनीको कि प्याडवाला मोबाईल थान -१,नगद रु १०,०००।–सहित फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

कास्की: सवारी दुर्घटना
२०७८-१२-१०

जिल्ला कास्की पोखरा महानगरपालिका २६ विजयपुर स्थितमा चाउथेबाट विजयपुर तर्फ आउदै गरेको ग२२प ००७ नं.को स्कुटरले पैदलयात्री ऐ.१३ मियाँपाटन बस्ने वर्ष ३२ की टेक माया घर्तीलाई ठक्कर दिई उक्त स्कुटर विपरित दिशाबाट आउदै गरेको पोखरा म.न.पा.१५ रामबजार स्थित गोल्डेन फ्युचर बोडिङ स्कुलको ग१क ९९६ नं.को स्कुल बसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला तनहुँ घर भई हाल ऐ.१४ चाउथे बस्ने वर्ष अन्दाजी १९ को किस्मत वाग्ले घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याई चेक जाँच गर्ने क्रममाडाक्टरले मृत घोषण गरेको, बस,स्कुटर र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार पश्चात डिस्चार्ज गरिएको, अवस्था सामान्य, थप अनुसन्धान कार्य भईरहेको ।

स्याङ्जा: सवारी दुर्घटना
२०७८-१२-०७

जिल्ला स्याङ्जा गल्याङ नगरपालिका-१ नब्बे स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बुटवल तर्फ जादै गरेको ग १५ प ७४४७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको लु २ ख ५२९० नम्बरको फोर्स गाडी एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला रुपन्देही सुद्धोधन गाँउपालिका-५ फर्साटिकट घर भई जिल्ला स्याङजा गल्याङ नगरपालिका-३ गल्याङ बजारमा कुशल मोटरसाईकल वर्कसपमा काम गर्ने वर्ष २७ को जितेन्द्र पटेल घाईते भई उपचारको लागि नगर अस्पताल गल्याङ स्याङजामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको, घटनास्स्थलमा प्रहरी टोली खटि गई सवारी र सवारी चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । 

लमजुङ: ट्याक्टर दुर्घटना
२०७८-१२-०६

जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ तोरीवारी स्थित मोडमा घलेगाउँबाट बेसिशहरतर्फ आउदै गरेको ग १ त ६४५३ नं. को. ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि जिल्ला अस्पताल लमजुङ पठाईएको, ट्याक्टर घट्नास्थलमा रहेको, उक्त प्रहरी टोली खटि गएको ।निम्न:-१.चालक जिल्ला गोरखा आरुघाट गाउँपालिका १ मान्बु घर भई हाल जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ बस्ने बर्ष अन्दाजी ४५ को सन्त बहादुर गुरुङ, अवस्था सिरियस ।२.ट्रयाक्टरमा काम गर्ने कामदार जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ मालिङ बस्ने बर्ष अन्दाजी ३२ को गम बहादुर बि. क., अबस्था मध्यम ।सामान्य उपचार पश्चात दुवै घाईतेलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-०४

जिल्ला कास्की पोखरा महानगरपालिका १४ रातोडाँडामा अबैध रुपमा लागूऔषध ओसार पोसार गरेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला कास्की मादी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा ११ रानिपौवा बस्ने वर्ष २५ को राजेन्द्र परियारलाई रातोडाँडामा हिड्डै गरेको शंकास्पद अवस्थामा खटिगएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको निलो कालो झोलामा प्लास्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा फेनारागन ४५, डाईजापम ४५, नुफ्रिन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल ला.औ र रेड्मी मोबाइल १ थान सहित फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । 

कास्की: सवारी दुर्घटना
२०७८-१२-०३

जिल्ला कास्की रुपा गाउँपालिका ४ गैरीपोखरी स्थित देउरालीबाट पोल्याङ्ग तर्फ जादै गरेको प्र ३-०३-००१ ह ३५० नं. को अटो आफै अनियन्त्रित भई सडकको बाँया तिर पल्टिन जाँदा उक्त अटोमा सवार निम्न ६ जना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको उक्त स्थानमा प्रहरी टोली खटिगएको, सवारी साधन घटनास्थलमै, चालक घाईते ।निम्नः-१.चालक जिल्ला तनहुँ व्यास नगरपालिका १२ देउराली बस्ने वर्ष ३८ को बल्लु दवाडी, अवस्था सिरियस ।२. जिल्ला कास्की रुपा गाउँपालिका ४ स्यालडाँडा बस्ने वर्ष ४४ की कल्पना गुरुङ, अवस्था सिरियस ।३.ऐ. बस्ने वर्ष १३ की रेविका गुरुङ, अवस्था सामान्य ।४.ऐ. बस्ने वर्ष २० की सविना कुमाल, अवस्था सामान्य ।५.ऐ. बस्ने वर्ष २२ को शेर ब. गुरुङ, अवस्था सामान्य ।६. ऐ. बस्ने वर्ष १७ की रेजिना गुरुङ, अवस्था सामान्य ।

नवलपरासी (पूर्व) : बस र ट्रक एकआपसमा ठक्कर खाँदा ८ जना घाईते
२०७८-१२-०२

जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१५ गडारखोला स्थित पूर्व पश्चिम राजमार्गमा ना. ख ३१०४ नं को बस र ना.६ ख ४३४६ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको । निम्नः१.(बस चालक) जिल्ला सप्तरी राजविराज बस्ने बर्ष अं ४५ को सत्य नारायण यादव, अवस्था गम्भीर रहेको ।  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मध्यविन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व) मा उपचारार्थ घाईतेहरुः१.जि.रुपन्देहि बस्ने वर्ष अं. ४१ कि सिता आले, अवस्था सामान्य ।२.जि.काभ्रे बनेपा ११ वस्ने वर्ष अं. ७० को राम बहादुर तामाङ, अवस्था सामान्य ।३. जि.सर्लाही श्रिनगर बस्ने वर्ष अं. २२ कि लक्ष्मी चौधरी, अवस्था सामान्य ।४. ऐ.ऐ. बस्ने वर्ष २ कि प्रभा चौधरी, अवस्था सामान्य ।५. ऐ.ऐ. बस्ने वर्ष अं. २३ को बिक्रम चौधरी, अवस्था सामान्य ।६. जि.धनुषा बस्ने वर्ष अं.४८ को कमल राई (सहचालक), अवस्था सामन्य । ७ ऐ.ऐ. ढल्केवर बस्ने वर्ष अं. १६ को धर्मेन्द्र दास, अवस्था सामान्य ।

अधिक लोड >>
कम देखाउनुहोस् <<